२०८१ जेठ ८, मंगलबार    

सार्वजनिक हुँदै बहुप्रतिक्षित सामसङ ग्यालेक्सी एस २२ सिरिज

२०७८ माघ २४, सोमबार ०९:११ बजे

काठमाडौं । सामसङले आउँदो बुधबार ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्ट गर्ने भएको छ । आफ्ना फ्ल्यागशिप र बहुप्रतिक्षित उत्पादन सार्वजनिक गर्न कम्पनीले अनप्याक्ड इभेन्ट आयोजना गर्ने गर्छ । यसपटक सामसङले ग्यालेक्सी एस२२ स्मार्टफोन सिरिज र ग्यालेक्सी एस८ ट्याब्लेट सिरिज सार्वजनिक गर्ने चर्चा छ ।

एस २२, एस २२ प्लस र एस २२ अल्ट्रा गरी तीन मोडलमा एस २२ सिरिज सार्वजनिक हुने चर्चा छ । यसअघि बाहिरिएको एक विवरण अनुसार एस २२ अल्ट्रा मोडलमा चार वटा क्यामेरा सेटअप हुने र मुख्य सेन्सर १०८ मेगापिक्सेलको हुनेछ । त्यस्तै फोनमा एस पेन र नयाँ स्न्यापड्रागन ८ जेन १ चिप जस्ता मुख्य विशेषता रहनेछन् । यो फोनमा १ टीबी स्टोरेज भेरियन्ट समेत हुनेछ । त्यस्तै फोनको डिस्प्ले ६।२ इन्चको हुने पनि अनुमान छ । एन्ड्रोइड १२ मा चल्ने फोनमा सामसङको पछिल्लो युजर इन्टरफेस वान यूआई ४ रहनेछ । त्यस्तै यो सिरिजका तीनवटै फोनमा ‘कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लस’ प्रयोग हुनेछ ।

कोर्निङले डेढ वर्षअघि गोरिल्ला ग्लास भिक्टस ल्याएको थियो । त्यसको नयाँ संस्करणको रूपमा ‘गोरिल्ला भिक्टस प्लस’ पहिलो पटक सामसङ एस२२ सिरिजमा प्रयोग हुने भएको हो । त्यस्तै ग्यालेक्सी ट्याब एस८ सिल्भर र ब्ल्याक कलर भेरियन्टमा आउने छ, जसमा एस पेन सपोर्ट समेत हुनेछ । यो एस८ सिरिजमध्येकै सबैभन्दा सानो ट्याब्लेट हुने जनाइएको छ ।

यसमा २५६०x१६०० पिक्सेल रेजोलुसन र १२० हर्ज रिफ्रेस रेटसहित ११ इन्चको एलटीपीएस एलसीडी डिस्प्ले हुनेछ । यसमा १३ मेगापिक्सेलको मुख्य र ६ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहनेछ । साथै स्न्यापड्रागन ८ जेन १ चिपसेट र ८ हजार एमएएच ब्याट्रीका यो ट्याबका मुख्य विशेषता हुनेछन् । सफ्टवेयरको कुरा गर्दा यो ट्याब एन्ड्रोइड १२ मा आधारत वान यूआइ ४ बाट सञ्चालित हुनेछ । (टेकपानाबाट)