२०८१ बैशाख २१, शुक्रबार    

फेक आइडीबाट ठगी गर्ने हेटौंडाबाट पक्राउ

२०७९ भाद्र २३, बिहीबार १८:२६ बजे

मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा अनलाइनबाट नगद ठगी गर्नेलाई नियन्त्रणमा लिएको छ ।

बारा जिल्ला घर भइ हाल जिल्ला काठमाडौं बानेश्वर स्थित डेरा गरी बस्ने १८ वर्षीय सिद्धान्त जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । उनले कमल दाहाल नाम फेक फेसबुक आइडीबाट दीर्घबहादुर लामासँग आठ हजार रुपैयाँ लिएको उजुरी जिल्ला प्रहरीमा परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले निरन्तर विद्युतीय टेक्नोलोजीको प्रयोग गरी खोजतलास गर्दै गर्दै उनलाई हेटौंडा–१०, बसपार्कस्थित सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।