२०८१ बैशाख १६, आईतबार    

त्रिभुवन आर्मीमाथि हिमालय शेर्पा हावी

२०७९ पौष २६, मंगलबार १७:५३ बजे

हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी पाँचौ वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मी क्लबलाई टाइब्रेरकमा ४–२ गोलअन्तरले पराजित गर्दै शेर्पाले अघिल्लो चरणमा अमेरिकी क्लब भुटनजी युथसँग भिड्न्त पक्का गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा खेलको नतीजा छिनोफानो गरिएको थियो । टाइब्रेकरमा शेर्पाका लागि विकास लामा, सत्यम शर्मा, विश्वास श्रेष्ठ र इरिक बेलीले गोल गरे ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे । निर्धारित समयमा आर्मीका लागि नवयुग श्रेष्ठ र शेर्पाका लागि विदेशी खेलाडीले प्रिन्सले गोल गरेका थिए ।