२०८१ बैशाख १५, शनिबार    

उपसभामुखमा एमालेकी सांसद चापागाईं चयन

२०७९ माघ २, सोमबार १७:५६ बजे

वाग्मती प्रदेशसभाको उपसभामखुमा नेकपा एमालेकी सांसद अप्सरा चापागाईं चयन भएकी छन् ।

सोमबार बसेको प्रदेशसभा वैठकमा बहुमत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन् । कुल १०८ सांसद वैठकमा सहभागी भएका थिए । चापागाईंको पक्षमा ६१ मत परेको हो । उनको विपक्षमा ३९ र ७ जनाले तटस्थमा मतदान गरेका थिए । उनी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् ।

उपसभामुखका उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेको पक्षमा ३ मत, विपक्षमा ६१ र ४३ सांसद तटस्थ बसेका थिए ।