२०८१ बैशाख १५, शनिबार    

आइतबारबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम

२०७९ भाद्र १७, शुक्रबार १६:२२ बजे

आगामी हप्ताबाट हेटौंडा जेसीजले यसवर्षको सप्ताहव्यापी कार्यक्रम सुरु गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो ।

जेसीजअध्यक्ष पवनकुमार कंसाकारले आइतबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु हुने जानकारी दिए । उनका अनुसार आइतबार भदौ १९ गते लागूऔषधविरुद्ध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम आयोजना गरिनेछ ।

भदौ २० गते रक्तदान कार्यक्रम र हेटौंडा अस्पतालमा फलफूल वितरण कार्यक्रम रहेको छ । भदौ २१ गते जेसीज र बैंकर्सबीच मैत्रीपूर्ण फुटसल खेल, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम रहेको अध्यक्ष कंसाकारले जानकारी दिए ।

जेसीज सप्ताह कार्यक्रमअन्तर्गत भदौ २२ गते वृक्षारोपण कार्यक्रम र अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता, २३ गते अम्बिकादेवी स्मृति हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिने भएको छ । भदौ २४ गते बारा मकवानपुरको सीमा चुरियामाई मन्दिर अगाडिस्वागत बोर्ड राखिने र हेटौंडा–९ मा ट्राफिक सचेतना कार्यक्रम गरिने जेसीज महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार भदौ २५ गते जेसीज सप्ताह कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना हुनेछ ।

प्रतियोगितात्मक कार्यक्रममा भने नगद सहित पुरस्कारहरुको समेत व्यवस्था रहेको जनाइएको थियो । पत्रकार सम्मेलनमा जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ, सह संयोजक महेश अधिकारी, महासचिव विकेशलाल श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।