२०८१ बैशाख १७, सोमबार    

हाँडीखोलामा भेटियो ३३ केजीको अजिंगर, स्थानीय त्रसित

२०८० असार १६, शनिबार १८:३३ बजे

मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको हाँडीखोलामा पछिल्लो समय दैनिकजसो अजिंगर फेला पर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

मनहरी गाउँपालिका–३ स्थित लामिटारस्थित वनमा ३३ केजीको र धान खेतमा ८ केजीको अजिंगर फेला परेपछि स्थानीय त्रसित भएका हुन् । वनमा बोका मारेको अवस्थामा शुक्रबार र खेतमा बसिरहेको अवस्थामा विहीबार अजिंगर फेला परेको स्थानीयले बताएका छन् ।

अजिंगर स्थानीयले समातेर स्थानीयले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको थियो । निकुञ्जले अजिंगरको कोर एरियामा लगेर छोडेको जनाएको छ । त्यसक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत् मध्यवर्ती क्षेत्रमा पर्ने भएका कारण वर्षेनी बन्यजन्तुका कारण विभिन्न समस्या भोग्दै आएका छन् ।

स्थानीयका अनुसार हात्ती, गैंडा, बदेल तथा अन्य जनवारबाट वर्षेनी समस्या भोग्दै आएपनि यसपटक अजिंगर नै भेटिएपछि थप समस्या परेको हो ।