२०८१ बैशाख २५, मंगलबार    

मदिरा व्यवसायीले गरे एकैपटक दुईवटा साधारणसभा

२०८० फाल्गुन १२, शनिबार १७:१४ बजे

हेटौंडामा मदिरा व्यवसायी संघ मकवानपुरको साधारण सभा सम्पन्न भएको छ । दुईवर्ष अघि भएको साधारणसभाबाट निर्वाचित अध्यक्ष बिदेश पलाएन भएपीछ नेतृत्व अभाबमा साधारण सभा गर्न नसकेको संघले शनिबार एकैसाथ ११ र १२ औं साधारण सभा गरको हो ।

२०७८ फागुन २८ मा भएको १० औं साधारणसभाबाट निर्वाचित बनेका दीपक खत्री संघको कार्यकाल अगाबै अष्ट्रेलिया गएसँगै संघ नेतृत्वबिहीन बनेको थियो । उपाध्यक्ष केदार श्रेष्ठको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेको संघले एकै साथ दुई बर्षको साधारण सभा गरेको हो ।

साधारण सभाले नयाँ नेतृत्व चयनको तयारी गरेपनि संघको बन्द सत्रले पुनः कार्यवाहक अध्यक्ष श्रेष्ठकै नेतृत्वलाई आगामी बर्ष निर्वाचन गर्ने गरी जिम्मेवारी कायम गरको निर्वतमान अध्यक्ष सर्मेन्द्र पौडेलले जानकारी दिए । लामो समय चलाएमान नबेको संघको साधारण सभामा कार्यक्रमका प्रमुख अतिथी तथा मकवानपुर उद्योग बाणिज्य संघका अध्उक्ष कृष्ण गुप्ता अग्रवालले व्यवसाय बिनै उद्योग बाणिज्य संघको राजनितिमा लाग्ने सँग सजग रहन व्यवसायीहरुलाई आग्रह गरे ।

व्यवसाय केहि नगर्ने चुनाव वा अन्य बहानामा व्यवसायी माझ रहेर व्यापार गर्नेसँग सजग रहन आग्रह गरे । आउँदै बर्ष संघको निर्वाचन रहेको सन्दर्भमा त्यस्ता व्यक्तिहरु बजारमा चुनाबको बहाना लिएर व्यवसायी माझ आउने क्रम रहेकाले त्यसलाई ध्यान दिनुपर्ने उनको सुझाब दिए ।

बैंक तथा बिमा कम्पनीले दिएको दैनिक तनाबलाई रोक्नका लागि व्यवसायी आन्दोनलमा जानुको बिकल्प नभएको उनको भनाई थियो । बैंकले दैनिक रुपमा दिँदै आएको तनाबलाई अहिले केहि व्यवस्थापन गरेपनि पछिल्लो समय बिमा कम्पनीले अनावश्यक शुल्क लिने क्रमले समस्या भइरहेको उनले बताए ।

संघका महासचिब श्याम बासुकलाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम कार्यवाहक अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो । साधारण सभामा होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिस गोबिन्द जोशी, मदिरा व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार धर्मकृष्ण श्रेष्ठ, पुर्व अध्यक्ष माधब ज्ञवाली, सस्थापक अध्यक्ष सत्यमान श्रेष्ठ लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।