२०८१ बैशाख ८, शनिबार    

बसामाडीमा व्युटी पार्लर तालिम

२०७९ चैत्र २, बिहीबार १७:०४ बजे

हेटौंडा–३, बसामाडीमा व्युटी पार्लर तालिम सुरु भएको छ । लेवट टोल विकास संस्थाको आयोजना तथा हेटौंडा–३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा ४५ दिने तालिम विहीबारबाट सुरु भएको हो ।

तालिमको उद्घाटन वडा अध्यक्ष ढलक थापाले गरेका थिए । उनले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्न विभिन्न तालिमको आयोजना आफूहरुले गरिरहेको बताए । आयोजक संस्था अध्यक्ष अनिल पाठकको सभाध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा वडा सदस्यद्वय रत्न लामा र सविना विडारीलगायतको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरुलाई संगीता महतले प्रशिक्षण दिइरहेकी छन् ।