२०८० फाल्गुन १५, मंगलबार    

हेटौंडा आइडलको फाइनलमा पाँच जना प्रवेश

२०७९ माघ २२, आईतबार १४:१९ बजे

हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा पाँच जना प्रतिस्पर्धी ग्राण्ड फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार ६ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेका थिए । शनिबार भएको प्रस्तुतीबाट आइतबार राजेश दर्नालले आइडलको मञ्च छाडेका छन् । निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा उनी मञ्चबाट बाहिरेका हुन् ।

आइतबार ग्राण्ड फाइनलमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५) र सुसन शाही ठकुरी(८) ले आफ्नो प्रस्तुती दिएका छन् ।