२०८० चैत्र १६, शुक्रबार    

चलचित्र ‘प्रकाश’को टोली प्रचारप्रसार गर्दै हेटौंडामा

२०७९ श्रावण २९, आईतबार १७:५२ बजे

आगामी महिनाबाट देशभर प्रदर्शन हुने चलचित्र ‘प्रकाश’को टोली प्रचारप्रसारको क्रममा हेटौंडामा आइपुगेको छ ।

आइतबार फिल्म युनिटले हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै नेपालबाहेक अन्य दशवटा देशमा समेत भदौ १० गतेबाट देशभर फिल्म रिलिज गर्न लागिएको जनाएको छ । करिब २ करोड ५० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको दावी गरिएको चलचित्र दर्शकले मनपराउनेमा आफू आशावादी रहेको कलाकार दिया मास्केले बताइन् ।

चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषयमा उठान गरिएको बताइन् । देशमा विभिन्न राजनीतिक परिवर्तन भएपनि रोजगारीका लागि गर्नुपर्ने दु:ख र कष्टलाई फिल्ममा देखाउन खोजिएको लेखक विकास सुवेदीले बताए ।

फिल्ममा डेव्यु गरेकी नायिका रेणु योगीले आफूले गाउँले पात्रको भूमिका निर्वाह गरेको बताइन् ।