२०८१ बैशाख ७, शुक्रबार    

सुरुङमार्गको लगानी कानुनीरुपमा फिर्ता गर्नुपर्दैन : पौडेल

२०७९ कार्तिक २४, बिहीबार १६:२४ बजे

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्गमा जनताले लगानी गरेको रकम कानुनीरूपमा फिर्ता गर्न नपर्ने बताएका छन् । उनले यसविषयमा विज्ञसँग परामर्श गर्दा नाफा भएको खण्डमा कम्पनीले बोनस दिनुपर्ने र घाटा भएको खण्डमा  रकम फिर्ता नहुने जवाफ आफूले पाएको बताए ।

नेकपा एमाले मकवानपुरले निर्वाचन क्षेत्रत्र नम्बर १ ‘१’को घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा उनले  यस्तो बताएका हुन् । कार्यक्रममा नेकपा एमाले मकवानपुरका नेताको अगुवाइमा थालिएको उक्त योजनाको लगानीको रूपमा रहेको जनताको रकम हिनामिनाको विषयमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले जनताले नेपाल पूर्वाधार बिकास कम्पनीको शेयरको रुपमा लगानी गरेकोले कम्पनी घाटामा जादा रकम फिर्ता गर्नुपर्ने बाध्यता नहुने बताए ।

घोषणापत्रमा प्रकाश पार्दै उनले आफ्नो सरकार बनेको अबस्थामा मात्र उक्त घोषणापत्र लागू गरिने अन्यथा पहल मात्र रहने बताए । नीति निर्माणको लागि सांसद भएपनि विकास निर्माण जनताको चाहना भएकोले घोषणापत्रमा विकासका योजनाहरु उल्लेख गरिएको बताए । उनले घोषणा पत्रमा पूर्वमुख्यमन्त्री पौडेलले आफ्नो कार्यकालमा थालिएका राम्रो आयोजनाहरुलाई निरन्तरता दिइएको जनाए ।

कार्यक्रममा यस क्षेत्रका उम्मेदवार तथा नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको थियो ।