२०८० चैत्र १६, शुक्रबार    

शुभकामना महिला सहकारीको लगानी ७ करोड

२०७९ पौष २३, शनिबार १७:२७ बजे

हेटौंडा–१७ को शुभकामना महिला जागृति बचत तथा ऋण सहकारीले ७ करोड बराबर लगानी गरेको छ । दिगो आर्यआर्जनको क्षेत्रमा लगानी गर्दै आएको सहकारीले आर्थिक बर्ष २०७८÷०७९ मा ६ करोड ९९ लाख ९२ हजार बराबर रकम लगानी गरेको छ ।

शनिवार भएको सहकारीको १६ औँ साधारण सभामा कोषाध्यक्ष गंगा पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७७÷०७८ को तुलनामा १ करोड ६१ लाख १९ हजार रुपियाँले बृद्धि भएको उल्लेख छ । सहकारीले बिभिन्न उद्देश्यले ५ सय ५८ जना सदस्यलाई ऋण लगानी गरेको बताइएको छ ।

सहकारीले व्यापारीक क्षेत्रमा २ करोड ८६ लाख, पशु्पन्छी पालनमा १ करोड ३४ लाख, कृषिमा ३३ लाख ३ हजार, घरजग्गामा १ करोड ७४ लाख सहित शिक्षा, स्वास्थ्य, सामाजिक, घरायसीको क्षेत्रमा लगानी गरेको उल्लेख छ । ५ करोड ४९ लाख ६८ हजार कुल बचत रहेको सहकारीमा १ हजार २९७ जना शेयर सदस्य र ८१ लाख १० हजार शेयर पुँजी रहेको उल्लेख छ ।

सहरकारीले ज्येष्ठ सदस्य सम्मान लक्ष्मी बस्ताकोटी, एकल महिला सदस्य सम्मान रेनुका पु्डासैनी पराजुली, उत्कृष्ठ ऋणी सम्मान ठुलीमाया भोलन, उत्कृष्ठ नियमित बाल बचत कर्ता विनायक दर्नाल उत्कृष्ट नियमित बचच कर्ता तरमई भोलन, नियमित किशोरी बचत कर्ता रोशनी राई लाइृ सम्मान गरेको छ ।

सहककारीले शेयर सदस्यका छोराछोरी मध्य सामुदायीक बिद्यालयबाट उत्कृष्ठ अंक ल्याई एसइइ परिक्षा उतिर्ण गर्ने अञ्जना गौतम, संबिधान गौतम र निजी बिद्यालय तर्फ दिवश सुवेदी, सलिना राउतलाई सम्मान गरेको छ भने कृषि तर्फ उत्कृष्ठ बाख्रा पालकको रुपमा स्ुनिता प्रजालाई सम्मान गरेको छ । सम्मान तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा र हेटौंडा १७ का अध्यक्ष उद्धब सत्यालले बितरण गरेका थिए ।

सहकारीको अध्यक्ष शान्ता गौतमको अध्यक्षतामा भएको साधारण सभामा हेटौंडा १७ का अध्यक्ष उद्धब सत्याल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेल, नेप्सकुन मकवानपुर फिल्ड व्यवस्थापक राजेन्द्र पौडेल, साना किसान कृषि सहकारीका अध्यक्ष कमला श्रेष्ठ, त्रिभुवन माध्यमिक बिद्यालयका प्राधानाध्यापक दिपक पाठक लगाएतकाले मन्तव्य राखेका थिए ।