२०८१ बैशाख ३०, आईतबार    

पल शाह पुर्पक्षमा, सहयोगी धरौटीमा छुटे

२०७८ चैत्र १०, बिहीबार १९:१९ बजे

जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनका म्यानेजर कृष्ण जोशीको नाममा एक लाख धरौटी निस्किएको छ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले एकल इजलासले तत्काल प्राप्त प्रमाणको आधारमा पल निर्दोष हुन् भन्न सक्ने आधार नदेखिएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने र मतियारको रहेको अभियोग लागेका जोशीको हकमा एक लाख धरौटी लिएर छाड्न आदेश दिएका हुन्।