२०८१ बैशाख २१, शुक्रबार    

पिकअप भ्यान दुर्घटनाहुँदा एक जनाको मृत्यु

२०७९ जेठ २०, शुक्रबार १९:३७ बजे

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, तीनताप्केमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने हेटौंडा–६, चौघडाका ३३ बर्षीय गोपाल दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार दिउँसो २ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको कुखुरा बोक्ने पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भएको थियो । गाडीमा ३ जना सवार थिए । दुर्घटनामा परी घाइते भएका दाहाललाई उपचारको हेटौंडा अस्पताल ल्याइएको थियो ।

हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले दाहाललाई मृत्त घोषणा गर्यो । दुर्घटनामा हेटौंडा–७, नागश्वतीका ३१ बर्षीय जोन खड्का सामान्य घाइते भएको प्रहरीले जनाएको छ । चालक हेटौंडा–७, नागश्वतीका २९ बर्षीय समीर महत प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।