२०८१ आश्विन २६, शनिबार    

हजुरआमाका हत्या आरोपी नाति भीमफेदी जेल चलान

२०८१ आश्विन ७, सोमबार ११:४६ बजे

हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका नातिलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतको आदेश अनुसार प्रहरीले प्रवीनलाई आइतबार थुनामा राख्न क्षेत्रीय कारागार भीमफेदी पठाएको हो ।

जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलासले हेटौंडा उपमहानगरपालिका–१ की ७१ वर्षीया वृद्धा ठूलीमाया विश्वकर्माको हत्या आरोपमा उनकै नाति २८ वर्षीय प्रवीन विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मादक पदार्थ सेवन गरेर भदौ ९ गते बेलुका हजुरआमालाई घरभित्रै घचेटेर हत्या गरेको प्रहरीको ठहर छ । हेटौंडा उपमहानगरपालिका पाथीभरा मन्दिरनजिक घर भएकी ठूलीमायालाई घरको कोठामा नै मृत अवस्था प्रहरीले फेला पारेको थियो ।