२०८३ बैशाख ५, शनिबार    

एमालेमा उच्च आय भएका ५ हजार नेताले मासिक ५ हजार लेबी दिने

२०७८ चैत्र १७, बिहीबार १७:३३ बजे

नेकपा (एमाले)मा उच्च आय भएका पाँच हजार नेताहरूले मासिक पाँच हजार लेबी बुझाउने भएका छन् । केन्द्रीय कमिटी बैठकले गरेको निर्णय समावेश गरेर अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सर्कुलरमा उक्त निर्णय भएको उल्लेख छ ।

पार्टीको दिगो आर्थिक स्रोतका लागि केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थान विभागको प्रस्तावमा ‘५ हजार लेबी दिने ५ हजार अभियान’ चलाउने निर्णय भएको बताइएको छ । योगदान गर्न इच्छुकको नामावली संकलन चैत महिनाको अन्त्यसम्म केन्द्रीय कार्यालयमा उपलब्ध गराउन पनि भनिएको छ ।