२०८१ बैशाख १६, आईतबार    

राष्ट्रियसभामा सत्ता गठबन्धनको क्लिनस्विप

२०८० माघ ११, बिहीबार १८:२२ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारुढ गठबन्धनले चारवटै सिटमा विजयी भएको छ ।

हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र  अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी पुडासैनीले ६६२२ मतभार र  अन्यमा बस्नेतले ६५३१ मतभार, अपांङ्गतर्फ अधिकारीले ६३८३ मतभार र दलित रिजालले ६५१२ मतभार प्राप्त गरेका थिए ।

एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मतभार, दलिततर्फ ध्रुवराज विकले ३०५२ मतभार, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मतभार अन्यतर्फ विवेक देवकोटाले २३५९ मतभार प्राप्त गरे । 

राप्रपाको महिलामा बालकुमारी डल्लाकोटीले ७०८ मतभार, अपाङ्गमा भरतमणि भट्टले ७२७ मतभार र अन्यमा हेमजंग जुरुङले ७५८ मतभार प्राप्त गरे ।

नेपाल मजदुर किसान पार्टीका महिलातर्फ उम्मेदवार कृष्णलक्ष्मी दुवालले १९७ मतभार, दलितमा संगिता नेपालीले १९७ मतभार, अपाङ्गतामा हिमालयश्वर मूलले १९७ मतभार अन्य श्रीकृष्ण महर्जनले १९७ मतभार प्राप्त गरेका थिए ।

निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।