वाग्मती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसले ३७ स्थान प्राप्त गरेको छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको छ । प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ । सो दलको २७ स्थानमा भएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र २१ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा १४ स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा ७ सिट प्राप्त गरेको हो । चौथो स्थानमा राप्रपा रहेको छ । सो दल प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ स्थान जितेको छ ।
त्यसै प्रत्यक्षमा ५ सिट र समानुपातिकमा २ स्थान प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले पाँचौं स्थानमा प्राप्त गरेको छ । त्यसैगरी प्रत्यक्षमा एक स्थान जितेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समानुपातिकतर्फ २ स्थान गरी कुल ३ सिट प्राप्त गरेको छ ।
प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी हाम्रो नेपाल पार्टीले २ स्थान जितेको छ । १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातितर्फ ४४ संसद निर्वाचित हुन्छन् ।
सत्तारुढ गठबन्धनले निरन्तरता पाए वाग्मतीमा सहजरुपमा बहुमत जुट्ने छ । सरकार बनाउन ५६ संसद्को समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा ६५ संसद रहेका छन् ।