२०८१ बैशाख २४, सोमबार    

बर्डफ्लु पुष्टि भएको क्षेत्रका सवै कुखुरा नष्ट गरियो

२०७८ चैत्र २, बुधबार १४:०७ बजे

मकवानपुरको भीमफेदी गाउँपालिका–२, आापचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएसँगै त्यसक्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको छ ।

बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको ३ सय १८ वटा कुखुरा, ८१ केजी दाना र १५ वटा अण्डा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । सोमबार वर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएको खोर वरिपरि अरु पनि कुखुरा नष्ट गर्नुपर्ने भएका कारण दुईदिन लगाएर नष्ट गरिएको बताए ।

बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बर्डफ्लु नियन्त्रण समितिले तीन बुँदे निर्णय समेत गरेको छ ।