२०८० चैत्र १६, शुक्रबार    

फिफाबाट भारतको फुटबल महासंघ निलम्बित

२०७९ श्रावण ३१, मंगलबार ०८:४४ बजे

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ ।

साथै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ । भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।तेस्रो पक्षको हस्तक्षेप भएपछि फिफाले यही अगष्ट महिनाको सुरुमै निलम्बनको चेतावनी दिएको थियो ।

विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ । महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे ।

सन् २०१० देखि सुरु भएकाे महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेकाे थियाे ।२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपकाे पाँचाै संस्करण फाइनलमा भारतले नेपाललाई ३-१ गाेलले हराउँदै उपाधि जितेकाे थियाे ।