२०८१ बैशाख ७, शुक्रबार    

चार पाङ्ग्रे सवारी खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य

२०७९ भाद्र ३०, बिहीबार १४:०८ बजे

 चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने विभागले जनाएको छ । विभागले प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याएको हो ।