२०८० चैत्र १६, शुक्रबार    

आरआरआरको कीर्तिमानी कमाइ

२०७८ चैत्र १७, बिहीबार १६:४९ बजे

मुम्बईस् एसएस राजामौली निर्देशित फिल्म आरआरआरले कीर्तिमानी कमाइ गरेको छ।

यो फिल्मले भारतमात्रै १२० करोड बढी कमाइ गरेको छ भने विश्वभरि ६०० करोड बढी कमाइ गरेको छ। आरआरआरले बाहुबीको कमाइलाईसमेत उछिनेको भारतीय सञ्चारमाध्यमले जनाएका छ कोरोना महामारीपछि छोटो समयमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत बनेको बलिउड एनालिस्ट तरण आदर्शले जनाएका छन्।

उनका अनुसार भारतमा यो फिल्मले पहिलो दिन २० करोड, दोस्रो दिन २४ करोड, तेस्रो दिन साढे ३१ करोड, चौथो दिन १७ करोड, पाँचौ दिन १५ करोड र छैटौं दिन १३ करोड कमाइ गरेको छ।

अर्का ट्रेड एनालिस्ट मनोबाला विजयाबालनका अनुसार यो फिल्मले विश्भरि ६७२ करोड कमाइ गरेको छ। जसमा पहिलो दिन २५७ करोड, दोस्रो दिन ११४, तेस्रो दिन ११८, चौथो दिन ७२, पाँचौं दिन ५८ र छैटौं दिन ५० करोड कमाइ गरेको छ। बाहुबली भाग १ ले ६५० करोडको व्यापार गर्दा बाहुबलीको दोस्रो भागले १८ सय करोड बढी व्यापार गरेको थियो।