२०८१ बैशाख १३, बिहीबार    

मकवानपुरे मोडल लामा अभिनित म्युजिक भिडियो सार्वजनिक

२०७९ श्रावण १९, बिहीबार १६:३४ बजे

मकवानपुरे मोडल उत्तम लामा अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’ सार्वजनिक भएको छ । मनहरी गाउँपालिका निवासी लामाको ‘थाहै नपाई’ बुधबार हाइलाइट्स म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोमा उनीसँगै कृष केसी, सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर परियार लगायतका कलाकारहरुले अभिनय गरेका छन् । केही समययता टिकटकमा सक्रिय लामा अभिनयमा रुचि राख्थे । टिकटकमा लगाव बढेसँगै म्युजिक भिडियोमा पनि उनको आकर्षण बढेको हो । टिकटक हुँदै म्युजिक भिडियोमा लागेका उत्तमले आफ्नो पहिलो प्रयासलाई दर्शक श्रोताले माया गर्ने विश्वास व्यक्त गरेका छन् । भिडियो हेरिसकेपछि दर्शक श्रोताको प्रतिक्रियासँगै सुझावको समेत अपेक्षा राखेका छन् ।

चन्द्रकला राईको शब्द, सँगीत र स्वरमा सजिएको म्युजिक भिडियोमा प्रवेश राई निर्देशकको भुमिकामा छन् । भिडियोको छायाँकन र सम्पादन पनि प्रवेश राईले नै गरेका हुन् । म्युजिक भिडियोमा उत्तम र कृषको कथा रहेको छ ।