२०८१ बैशाख ७, शुक्रबार    

कक्षा ८ को जिल्लास्तरीय परीक्षा चैत्र ९ बाट

२०७९ फाल्गुन १०, बुधबार १८:१० बजे

माध्यामिक तह कक्षा ८ को परीक्षा चैत्र ९ गतेबाट सुरु हुने भएको छ । स्थानिय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै उपमहानगरपालिकाले चैत्र ९ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो ।

उपमहानगरका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका अनुसार परीक्षाको तयारीमा उपमहानगर जुटिसकेको छ । अहिले आन्तरीक व्यवस्थापनको कामहरु भैरहेको भन्दै तोकिएको समयमा परीक्षा सञ्चालनका लागि कामहरु चलिरहेको उनले बताए । उनका अनुसार अहिले परीक्षाको लागि प्रश्न पत्रको तयारी थालिएको छ ।

हेटौंडा उपहानगरक्षेत्रमा रहेको ८० बिद्यालयमा अध्यापन गर्ने ४ हजार बिद्यार्थी परीक्षामा सहभागि हुने बताइएको छ । जिल्लास्तरीय परीक्षामा मकवानपुरमा रहेका अन्य ९ वटा पालिकाले आ–आफ्नो हिसाबले परीक्षाको तयारी गर्ने छन् । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै २०७४ बाट कक्षा ८ को परीक्षा आन्तरिकरुपमा सञ्चालन गर्न लागिएको महाशाखाले जनाएको छ ।