२०८१ बैशाख २१, शुक्रबार    

बुद्धलाई इन्द्रको साथ, तयार भयो प्यानल

२०७८ फाल्गुन १५, आईतबार ०९:२२ बजे

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनअन्तर्गत् आज आइतबार मकवानपुरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

हालसम्म तीनजना उम्मेदवार हुने संकेत देखा परेको छ । जसअनुसार संस्थानप पक्षबाट दुई र इतरबाट एकजना । हालको अवस्थामा जिल्ला सचिव बुद्ध लामाले आफ्नो पदाधिकारी टुंग्याएर उम्मेदवारी दर्ता गर्ने जाने तयारीमा रहेका छन् ।

सभापतिमा लामालाई पूर्वजिल्ला सभापति इन्द्रबहादुर बानियाँको साथ रहेको छ । यस समूहबाट उपसभापतिमा रामबाबु बानियाँ, गोपिलाल विक, सचिव प्रदीप कोइराला, अर्जुन चौलागाईं र तथा सहसचिवमा ताराचन्द्र बजगाईं र अर्जुन तिवारी रहेका छन् ।

‘केही समयभित्र कुन समयमा दर्ता गर्न जाने भनेर टुंगिनेछ ।’, लामा निकट स्रोतले भन्यो ।