२०८३ असार ४, बिहीबार    

ब्राउन सुगरसहित पक्राउ परे विशाल र सनिप

२०८१ पौष ७, आईतबार १८:५१ बजे

मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा–१५, रातोमाटेबाट खैरो हेरोईनसहित हेटौंडा–१ का २७ वर्षीय सनिप भोम्जन र हेटौँडा–२ का २१ वर्षीय विशाल क्षेत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीको रातोमाटे चेकपोष्टमा जाँच गर्दा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३५ प ५८११ नम्बरको मोटरसाईकलमा सबार  मोटरसाइकल चालक भोम्जन र पछाडि सवार क्षेत्रीलाई ८.५५ ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको जनाएको छ ।