२०८१ श्रावण १२, शनिबार    

हेटौंडामा वाग्मती प्रदेशस्तरीय क्यान इन्फोटेक हुने

२०७९ फाल्गुन १७, बुधबार २२:५० बजे

हेटौंडामा वाग्मती प्रदेशस्तरीय सूचना–प्रविधि (क्यान इन्फोटेक) मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखाको आयोजनामा पहिलो पटक प्रदेशस्तरीय मेला हुन लागेको हो ।

चैत २ गतेदेखि ६ गतेसम्म हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना हुने मेला संयोजक तथा प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले जानकारी दिएका छन् । मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्र्र्र्र्र्रदर्शनी तथा विक्री स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मेलामा कुल ४० वटा स्टल रहने छ । कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने जनाएको छ । शिक्षक, विद्यार्थी तथा युवालक्षित साइवर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुने जनाएको छ ।

मेलामा रोबार्ट र पब्जी प्रतियोगिताको आयोजना हुनेछ । गेममा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ । रोबार्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिने छ । मेलामा विद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २५ रुपैयाँ टिकटको व्यवस्था गरिएको जनाएको छ । मेलामा इ–टिकटको पनि व्यवस्था गरिने जनाएको छ ।