२०८३ बैशाख ५, शनिबार    

मकवानपुर क्याम्पसमा नेवि संघद्वारा तालाबन्दी

२०८२ बैशाख १२, शुक्रबार १८:३७ बजे

नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईंले छात्रवृत्तिको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेको छ ।

संघ इकाईं सभापति सागर घिमिरेका अनुसार वैशाख ७ गते बुझाएको ज्ञापनपत्रको क्याम्पस प्रशासनले बेवास्ता गरेसँगै शुक्रबार क्याम्पस प्रमुख, सहायक प्रमुख र प्राचार्यको कार्यकक्षमा नेविसंघले तालाबन्दी गरेको हो । उनका अनुसार क्याम्पस प्रशासनले कक्षा ११ को छात्रबृत्ति वितरण अनियमिता गरेको, अनुत्तीर्ण विद्यार्थीलाई छात्रबृत्ति दिएकोभन्दै ज्ञापन पत्र बुझाइएको थियो । तर, क्याम्पस प्रशासन मौन बसेसँगै बाध्य भएर तालबन्दी गरिएको घिमिरेले बताए ।
‘क्याम्पस प्रशासनले गरेको गल्तीलाई सच्याउन हामीले आग्रह गर्दा पूर्णरुपमा बेवास्ता गरियो । हामी यसका विरुद्ध अझै कडा कदम चाल्न बाध्य हुनेछौं ।’, उनले भने ।

स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस सचिव उत्सब ढुंगानाको सहभागितामा तालाबन्दी भएको हो ।