२०८१ बैशाख ८, शनिबार    

एमाले सहजै सरकारबाट बाहिन्छ : मुख्यमन्त्री जम्कट्टेल

२०७९ चैत्र ३, शुक्रबार १८:३३ बजे

वाग्मती प्रदेशको सत्तारुढमध्ये सवैभन्दा ठूलो दल नेकपा एमाले सहजै सरकारबाट बाहिरिने अपेक्षा मुख्यमन्त्री शालिकराम जम्कट्टेले गरेका छन् । जम्मकट्टेलले चैत ८ मा विश्वासको मत सदनबाट लिँदैछन् ।

एमालेले प्रदेशका चारवटा मन्त्रालय सम्हालिरहेको छ । एमाले संसदीय दलका नेता जग्गनाथ थपलिया आर्थिक मामिला तथा योजना, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । केन्द्रीय सत्ता समिकरणमा नभएको र वर्तमान सरकारले पनि आधिकारीकरुपमा विश्वासको मत नमागेपछि एमाले सहजै सरकारबाट बाहिरिने बताइएको छ ।

‘कांग्रेस, समाजवादी र हामीले आन्तरिक तयारी गरिसकेका छौं । सत्तामै रहेपनि सायद एमालेका साथीहरुले हामीलाई मतदान गर्नुहुन्न । उहाँहरुलाई सत्ताबाट सहजै बाहिरिने वातावरण विश्वासको मतले पक्कै पनि सिर्जना गर्नेछ ।’, मुख्यमन्त्री जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली दललाई पनि सँगसँगै लैजाने तयारीमा आफू रहेको बताए । उनीहरुलाई संसदीय समितिको जिम्मेवारी दिने तयारी भइरहेको छ ।

‘हालको अवस्थामा राज्यमन्त्री बनाउने सम्भावना छैन । त्यसकारण संसदीय समितिको सभापति पदमा उहाँहरुलाई दिने तयारी भइरहेको छ ।’, मुख्यमन्त्री स्रोतका अनुसार चैत ६ र ७ गतेभित्रमा मन्त्रालय, संसदीय समितिलगायत सवै विषयको टुंगो लागिसक्नेछ ।