२०८१ बैशाख १४, शुक्रबार    

किन छाडे विराजभक्तले विवेकशील पार्टी ?

२०७९ भाद्र १३, सोमबार १७:३९ बजे

वाग्मती प्रदेशको प्रदेशसभा सदस्यसमेत रहेका विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

श्रेष्ठले आइतबार काठमाडौंस्थित पार्टी कार्यालयमा विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यसहितले सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले आइतबार काठमाडौंस्थित पार्टी कार्यालयमा राजिनामा दिनेमा पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ,  रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।

उनीहरुले पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेकोले त्यस्तो पार्टीमा रहनु औचित्य नहुने भन्दै राजिनामा दिएको बताएका छन् । फरक पार्टीको पहिचान बनाउने भन्दै स्थापित भएको विवेकशील रविन्द्र मिश्र र मिलन पाण्डेबीचको विवादले गर्दा पार्टी त्याग्नेको संख्या बढ्दै गएको छ । पाण्डेलाई पार्टीबाट निकालेका मिश्र आफैंले पनि विवेकशील त्यागिसकेका छन् ।