२०८१ बैशाख १२, बुधबार    

एमाले प्रदेशले निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने

२०७९ भाद्र १३, सोमबार १८:२० बजे

नेकपा एमालेले बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने भएको छ। सोमबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो ।

एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश बर्ताैलाका अनुसार उक्त निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी केन्द्रीय कमिटीकाे मापदण्ड र सीमाभित्र रहेर उम्मेदवारको नाम सिफारिश गर्नुपर्ने छ ।

उक्त सिफारिसका लागि भएको बैठकको निर्णयको प्रतिलिपि र प्रस्तावित उम्मेदवारका सम्बन्धमा सम्बन्धित जिल्ला कमिटीको आवश्यक रायसहित यही भदौ २० गते भित्र उम्मेदवारको सूची प्रदेश कार्यालयमा पेश गर्नुपर्ने निर्णय गरिएको बर्तौलाले जानकारी दिए ।

उनले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेश सभाको लागि समानुपातिक सूचीमा समावेश गर्नुपर्ने उम्मेदवारको नामावली सम्बन्धित जिल्ला कमिटीहरुले प्रदेश पार्टी कार्यालयमा सिफारिस गर्नुपर्ने निर्णय गरेको बताए । बैठकले बागमती प्रदेश सल्लाहकार परिषद् पनि गठन गरेको छ ।