२०८१ बैशाख १८, मंगलबार    

नेवि संघद्वारा सडक विस्तार गर्ने निर्णयको स्वागत

२०८० असार १९, मंगलबार १८:३८ बजे

नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्ने निर्णयको स्वागत गरेको छ ।

लामो समयदेखि संघीय सरकारले हेटौंडा बजार क्षेत्रअन्तर्गत् पर्ने पूर्वपश्चिम राजमार्ग दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने भनेपनि राजनीतिक नेतृत्वबाट असहयोगहुँदा अलमलमा परिरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकले सडक विस्तारका लागि आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा सर्वसहमतरुपमा निर्णय गरेपछि सडक विस्तारको सम्भावना बढेको छ ।

भिषण ठकुरी नेतृत्वको संघले विज्ञप्ति जारी गर्दै सडक विस्तार गर्दा उत्पन्न हुने सुकुम्बासीपन, व्यवसायी र बजारका सौन्दर्यातामा पर्ने असर, संस्कृति सम्पदाको लोभ हुनसक्ने सम्भावना लगायत समस्याको न्यायोचित ढंगबाट अग्रिम व्यवस्थापन गर्न सुझाएको छ ।