२०८१ जेठ ४, शुक्रबार    

निर्माणाधिन रंगशालालाई तीनलाख नगद सहयोग

२०७८ फाल्गुन ८, आईतबार १९:१९ बजे

हेटौंडा/ पिप्ले युवा क्बलले हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माणा गरिरहेको रंगशालाका लागि तीन लाख रुपैयाँ नगद सहयोग प्राप्त भएको छ ।

हेटौंडा–७, न्यूरेनी घर भई १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका रामशरण क्षेत्रीले रंगशाला निर्माण गर्न नगद सहयोग उपलब्ध गराएका हुन् । उनका दाजु ज्ञानु क्षेत्रीले सहयोग रकम हेटौंडा–५ का वडाअध्यक्ष राजेश बानियाँको उपस्थितिमा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

उनी पूर्व फुटबल खेलाडी समेत हुन् । उनले ए डिभिजन आरसीटीबाट खेलेका थिए । उनले रंगशाला निर्माणका लागि अष्ट्रेलियामा अभियान नै सञ्चालन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुर सचिव राजन दाहाल ‘खुशराज’, क्लबका पदाधिकारी तथा सदस्य एवम् खेलाडीहरुको उपस्थिति रहेको थियो ।