मकवानपुर जिल्लामा रहेका जेसीजहरुले धमाधम सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न थालेका छन् ।
सन् २०२४ को कार्यकाल सकिँनै लाग्दा जेसीजहरुले धमाधम आफ्नो वार्षिक क्यालेण्डर अनुसारका गतिविधिलाई तीब्ररुपमा अगाडि बढाइरहेका छन् । सोही क्रममा जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता आयोजना गरिरहेको चैनपुर जेसीज मनहरीले सोमबारबाट आफ्नो सप्ताहव्यापी कार्यक्रम समेत सुरु गर्न लागेको हो ।
चैनपुर जेसीज, मनहरीका अध्यक्ष रविन ढकालका अनुसार कात्तिक २६ गतदेखि मंसिर ३ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको हो ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् सोमबार विहान फहिलो दिन मनहरी बजारमा रक्तदान कार्यत्रम तय गरिएको छ । जेसीज सप्ताह २०२४ का मूल कार्यक्रम संयोजक सुरेश गौतमका अनुसार मंगलबार प्रगति मावि लोथरमा स्टेशनरी सामग्री वितरण गरिनेछ । बुधबार तेस्रो कार्यक्रमको रुपमा स्लो मोटरसाइकल रेस प्रतियोगिता रहेको छ ।
यस कार्यक्रम मनहरी–४ स्थित गोलघरमा आयोजना गरिँदैछ । यस स्थानमा हाल फुटबल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ । विहीबार महेन्द्र ज्योति मावि हाँडीखोलामा लागूफदार्थ दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम तय गरिएको सहमूल कार्यत्रम संयोजक नवराज रिजालले जानकारी दिए । ऊनका अनुसार शुक्रबार ‘समाजका लागि युवा’ विषक वत्तृत्वकला प्रतियोगिता बालजीवन ज्योति मावि मकरीमा आयोजना गरिनेछ ।
शनिबार हाँडीखोलाको लामिटारदेखि घोलघरसम्म जेसीज दौड प्रतियोगिता हुने महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए । उनका अनुसार फुटबल प्रतियोगिता र सप्ताहव्यापी कार्यक्रमको समापन एकैपटक आयोजना गर्न लागिएको हो । प्रतियोगिताको फाइनल मंसिर ३ गतेहुनेछ । सोहीदिन जेसीजको सप्ताहको औपचारिक समापन गरिनेछ ।