२०८१ बैशाख १२, बुधबार    

अनन्त पौडेलले दिए मीना लामालाई बधाई

२०७९ जेठ ६, शुक्रबार १६:३३ बजे

हेटौंडामा करिव ४ हजार मत गन्न बाँकी हुँदै एमालेले हार स्वीकार गरेको छ ।

७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत मात्रै गणना भएको छ । गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी मीना लामाले एमाले उम्मेदवारसँग दुइहजार ७७ मतान्तर कायम राखेकी छन् । तर, तीन हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ । एमाले उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गर्दै गठबन्धनकी उम्मेदवार लामालाई भेटेरै बधाइ दिएका छन् ।

मतगणना स्थलमै आएर उनले लामालाई खादा लगाउदै बधाई दिएका हुन् । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्वर वडाको मतगणना जारी छ ।