२०८१ बैशाख २१, शुक्रबार    

कमल थापाले भने,‘सक्रिय राजतन्त्रको ऐजेण्डा बोकेर हिँड्न सकिँदैन’

२०७८ माघ २५, मंगलबार १५:१८ बजे

हेटौंडा/ लामो समयदेखि राजा र हिन्दु धर्मको विषयलाई मुला मुद्धा बनाएर राजनीति गरिरहेका कमल थापा नयाँ दल गठनको बाटोमा अगाडि बढेका छन् ।

मंगलबार हेटौंडामा राप्रपा परित्यागको घोषणा थापाले गरिसकेका छन् । राप्रपाका पूर्वअध्यक्ष समेत रहेका थापाले मंगलबार गृह नगर हेटौंडा आएर अब सक्रिय राजतन्त्रको ऐजेण्डा बोकेर हिँड्न नसक्ने घोषणा गरेका हुन् ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । उनले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको सार्वजनिक समारोहमा बताइरहेका छन् ।

आफू निकटसँग अन्तक्र्रिया गर्दै थापाले भने,‘गतनिर्वाचनमा प्रतिद्वन्द्वीहरुले भन्ने गरेका थिए । कमल दाई एकदम ठिक छ । तर, सिनो बोकेर आउनु भएको छ । कसरी मतदान गर्ने ? अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं ।’, थापाले आफ्नो पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको दोहोर्‍याए ।

थापाले राजासँग करिब दुईघण्टा लञ्च मिटिङ गरेर अध्यक्षमा उम्मेदवारी दिने निधो गरेको जानकारी दिए । ‘राजाले नै मलाई अझै दशवर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेष्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’, उनले आफूलाई पछाडिबाट छुरा हान्ने काम राजाले गरेको समेत आरोप लगाए ।