२०८१ माघ ६, आईतबार    

नेकपा एसद्वारा महाधिवेशन प्रतिनिधि छनौट

२०८१ असार ६, बिहीबार ११:१९ बजे

नेकपा (एकीकृत समाजवादी) १० औं राष्ट्रिय महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन गरिएको छ । असार १६-२० मा हुने पार्टीकाे महाधिवेशनमा मकवानपुरबाट ४१ जना प्रतिनिधि छानिएका हुन् ।

बुधबार मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रबाट ३२ जना तथा पार्टी केन्द्रीय नेतृत्वको विभिन्न पदमा रहेका अन्य ९ जनासहित ४१ जना प्रतिनिधि चयन गरिएकाे पार्टीले जनाएकाे छ । मकवानपुरको क्षेत्र नम्बर १ मा १ हजार ५ सय २० संगठित सदस्यमध्ये १२ जना प्रतिनिधी छनौट भएका छ्न् ।

क्षेत्र नम्बर १ बाट खुल्लातर्फ यादव गजुरेल, तिलक अधिकारी, ध्रुव भुजेल, कबिन पन्त, दुर्गा दहाल, सफल अधिकारी रहेका छन् । यस्तै, दलित तर्फबाट कल्पना बिक चयन हुँदा पेशागत तर्फ लोकनाथ दहाल, महिलातर्फबाट सीता अधिकारी, गायत्री सुवेदी र विष्णु लामा प्रतिनिधि चयन भएका छन् । यसैगरी युवातर्फ किशोरकुमार टण्डन महाधिवेशनमा प्रतिनिधी छनौट भए ।

मकवानपुरको क्षेत्र नम्बर २ मा संगठित सदस्य २ हजार २ सय ४६ रहेकोमा खुल्लातर्फबाट बिष्णु दहाल, गौतम बुद्ध लामा, जीवन लामा, कृष्ण चेपाङ, किरण मान बल, किशोर बर्तौला, टङ्क मोक्तान, सानुकाजी गोपाली, समीर श्रेष्ठ, यादव बर्तौला, सगुन स्याङतान, कृष्ण तमाङ प्रतिनिधिमा चयन भए ।

यस्तै, दलित तर्फ एम मिजार प्रतिनिधि चयन हुँदा युवातर्फबाट अरुण बर्तौला, महिला तर्फबाट बेगम बराल, जुना देवी श्रेष्ठ मल्ल, लक्ष्मीकुमारी रुम्बा रहेका छन् । यस्तै, ट्रेड युनियन महासंघबाट नारायणप्रसाद अधिकारी र रास्ट्रिय उद्योगी व्यवसायी महासंघबाट रजनी तिवारी प्रतिनिधीमा छनौट भएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको विभिन्न पदमा रहेकाहरु महाधिवेशनमा स्वतः प्रतिनिधी हुने व्यवस्था अनुसार स्थायी कमिटी सदस्य ललितकुमार बस्नेत, विरोध खतिवडा, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, गोमा तिमल्सिना, रामचन्द्र बल, मीनाकुमारी लामा, राजाराम स्याङतान र गोविन्दराम चेपाङ प्रतिनिधिमा स्वतः रहने छन् ।