२०८१ बैशाख २१, शुक्रबार    

फाइनलमा मकवानपुर ललितपुरसँग भिड्दै

२०७८ चैत्र ६, आईतबार १२:३४ बजे

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ उपाधिका लागि मकवानपुरले आज आफ्नो अन्तिम खेल खेल्दैछ ।

मकवानपुरले उपाधिका लागि ललितपुर जिल्लासाग प्रतिस्पर्धा गर्न लागेको हो । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मकवानपुरले उपाधिका लागि प्रस्पिर्धा गर्ने प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिए । मकवानपुर आफ्नो लयमा रहेको र खेलमा स्कोर पनि राम्रो भएका कारण सहज जीत हात पार्ने उनको दावी छ ।

मकवानपुरले सेमिफाइनलमा दोलखालाई ५–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम दुईमा पुगेको हो । धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै ललितपुरले अन्तिम दुईमा स्थान बनाएको थियो ।