२०८१ बैशाख ८, शनिबार    

संकटा अन्तिम चारमा प्रवेश

२०७९ पौष २९, शुक्रबार १९:४३ बजे

ए डिभिजन टोली संकटा मकवानपुरमा जारी पाँचौ संस्करणको वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनमा प्रवेश गरेको छ ।

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोलअन्तर साँघुरो जीतसँगै संकटा अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको मैदानमा भएको खेलमा संकटको जीतमा निर्णायक गोल विदेशी खेलाडी मेसुकेले गरेका थिए । उनले खेलको ८५ औं मिनेटमा गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ समेत प्राप्त गरे । संकटाले फाइनल प्रवेशका लागि मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार पहिलो सेमिफाइनलमा जावलाखेल र भुटनजी युथ क्लब भिडनेछ । वाग्मती गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनल पुस ३ गते हुनेछ । विजेता र उपविजेताले क्रमशः नगद ८ र ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।