नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरको जिल्ला कमिटीको अध्यक्षमा लिशन बस्नेत मनोनित भएका छन् ।
नेकपा(एस) पार्टी कार्यालयमा आयोजित जिल्ला भेलाबाट बस्नेतलाई अध्यक्ष पदमा मनोनित गरिएको हो । भेलाले उपाध्यक्षमा सुवास ढुङ्गेल, सचिवमा विकास उप्रेती, सहसचिवमा सम्झना तिमल्सिना र सीताराम अधिकारी, कोषाध्यक्षमा पृथ्वी नेपालसहित १७ सदस्यीय समिति चयन गरेको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरका स्थायी कमिटी सदस्य ललितकुमार बस्नेतको सभाध्यक्षतामा भेला भएको हो ।