२०८१ बैशाख १५, शनिबार    

हेटौंडा उपमहानगरको बजेट ३४ करोड वृद्धि

२०७९ पौष १४, बिहीबार १६:४७ बजे

हेटौंडा उपमहानगरपालिकाको बजेटमा ३४ करोड रुपैयाँ वृद्धि भएको छ ।

उपमहानगरले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट संशोधन गर्दै वृद्धि गरेको हो । १२ औं नगरसभाको वैठकमा उपमेयर राजेश बानियाँद्वारा प्रस्तुत संशोधित बजेट अनुसार अब उपमहानगरको बजेट ३ अर्ब ५ करोड रुपैयाँ हुने भएको छ ।

असारमा प्रस्तुत गरिएको बजेट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ थियो ।

‘सरेर आएको योजना भुक्तानीका लागि थप बजेटसहित प्रदेश र संघबाट सरुवा भएर आएका कर्मचारीको व्यवस्थापन, खानेपानीको न्यूनतम महसुल भुक्तानीलगायत विकास निर्माणका योजनाका कारण बजेट बढेको हो ।’, उपमेयर बानियाँका अनुसार डम्पिङ साइट सुधार, फोहोर व्यवस्थापन उपकरण खरिद, अटो भिलेज तथा कृषि उपज थोक बजार केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको छ ।