२०८१ बैशाख २७, बिहीबार    

प्रदेशसभा अनिश्चित, कानुन निर्माण प्रक्रिया ठप्प

२०७८ फाल्गुन २, सोमबार ०९:२० बजे

हेटौंडा/ वाग्मती प्रदेशसभाको वैठक अनिश्चित बनेको छ । पुस ७ र ८ मा प्रदेशसभा बैठक बसेयता सदन ठप्प छ । अब कहिले वस्ने अनिश्चित रहेको छ । प्रतिपक्षी एमाले अव निर्वाचनसम्म सदन सञ्चालन नै हुन नदिने मुडमा देखिन्छ भने सत्तापक्ष आफ्नो कार्यकर्ता भर्तीमै रमाइरहेको छ ।

    प्रदेशले पहिचान गरेका ९९ कानुन २ वर्षभित्र बनाइसक्ने दाबी गरिए पनि ४ वर्षमा जम्मा ६१ वटा मात्रै कानुन निर्माण भएका छन्न् । ५९ कानुन त पहिलो ३ वर्षमै बनेका थिए । एमालेको लगातारको अवरोधका कारण झन्डै १ वर्षयता कानुन निर्माण प्रक्रियामा प्रगति हुन सकेको छैन । मुख्यमन्त्री राजेन्द्र पाण्डे सरकारले कानुन निर्माणमा ठोस काम गर्न सकेको छैन ।

हाल २ विधेयक प्रदेशसभा समितिबाट पारित भइसकेका छन् तर प्रदेशसभा सञ्चालन हुन नसक्दा पेस नै हुन सकेको छैन । हालसम्म पारितमध्ये १० वटा संशोधन विधेयक हुन्  । २ विधेयक संसदीय समितिमा र ३ विधेयक प्रदेशसभामा दर्ता छन् ।