२०८१ बैशाख १६, आईतबार    

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

२०८० मंसिर १७, आईतबार ११:१६ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुंगो लगाउने बताइएको छ ।