२०८१ बैशाख १८, मंगलबार    

एमाले वाग्मती प्रदेश सरकारमा सहभागी

२०८० चैत्र १७, शनिबार १८:५९ बजे

नेकपा एमाले संसदीय दलका नेता जग्गनाथ थपलियाले वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा शनिबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख यादब शर्माले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा उनलाई दोस्रो पटक आर्थिक मामिला मन्त्रीको रुपमा शपथ गराएका हुन् ।

उनी प्रदेशको निर्वाचनपश्चात् एमाले–माओवादी गठबन्धनहुँदा पनि आर्थिक मामिला मन्त्री भएका थिए । यो सँगै नयाँ गठबन्धनमा आजैबाट एमाले सरकारमा सहभागी भएको छ । नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यसअघि गत २६ पुस २०७९ मा पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्क्री नियुत्त गरेका थिए ।