२०८१ जेठ ४, शुक्रबार    

सानु लामा भए पदमुक्त

२०७८ फाल्गुन ५, बिहीबार १८:०७ बजे

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानुलामा पदमुक्त भएका छन् ।

प्रदेश सरकारले जिल्ला खेलकुद अध्यक्षको पदावधि दुईवर्ष कायम गरेसँगै लामा पदमुक्त भएका हुन् । तत्कालिन डोरमणि पौडेल नेतृत्वको सरकारले उनलाई अध्यक्षमा २०७६ माघ २२ गते नियुक्त गरेको थियो । विहीबार बसेको वाग्मती प्रदेश सरकार मन्त्रिपरिषद्को वैठकले प्रदेश खेलकुद नियमावली संशोधन गर्दै जिल्ला अध्यक्षको पदावधि दुई वर्ष कायम गरेको छ । लामा नेकपा एमालेका जिल्ला सदस्य समेत छन् ।

योसँगै जिल्ला लामासँगै जिल्ला अध्यक्षमा नियुक्त भएकाहरु स्वत: पदमुक्त भएका छन् । अघिल्लो सरकारले विना तयारी केन्द्र सिको गर्दै कार्यकर्ता भर्ति गर्ने उद्देश्यले पदावधि नै कायम नगरी हतारोमा जिल्ला अध्यक्षहरु नियुक्त गरेको थियो । तत्कालिन समयमा माओवादी केन्द्र र एमालेका कार्यकर्तालाई अध्यक्षमा नियुक्त गरिएको थियो ।