२०८१ जेठ ४, शुक्रबार    

युवा संघ भीमफेदीमा बादलको नेतृत्व

२०७८ चैत्र १३, आईतबार १०:२४ बजे

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल भीमफेदी गाउँपालिका अध्यक्षमा बादल सिलवाल चयन भएका छन् ।

भीमफेदीमा भएको भेलाबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समितिमा उपाध्यक्ष सुक्राम थिङ, सचिव भोलाराम शिकारी, उपसचिव पवन खड्का, कोषाध्यक्ष सन्तोष ठाडा मगर रहेका छन् । नेकपा एमाले वाग्मती प्रदेश सदस्य बलराम बलको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

अध्यक्षमा निर्वाचित भएसँगै सिलवालले नजिकिँदै गरेको स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन अनुसार युवा परिचालन गरिने बताए । ‘भीमफेदी गाउँपालिकाको प्रत्येक वडामा पार्टीलाई जिताउन युवाहरु परिचालन गर्ने योजना बनाएको छु ।’, उनले निर्वाचन लक्षित गरी प्रत्येक वडामा समिति गठन गरिसकेको बताए ।

सिलवाल यसअघि गाउँपालिकाका तदर्थ समिति अध्यक्ष समेत दिए ।