२०८१ बैशाख १२, बुधबार    

२३ जनाद्वारा रक्तादान, एकसय डेंगु किट सहयोग

२०७९ आश्विन ७, शुक्रबार १३:३७ बजे

हेटौंडा अटोमोबाइल्स एशोसिएशन तथा नाडा अटोमोबाइल्स एशोसिएशनको आयोजनामा भएको रक्तदान २३ जनाले रक्तदान गरेका छन् ।

शुक्रबार हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २२ जना पुरुष र १ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए । कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए ।

कार्यक्रममा आयोजकले हेटौंडा अस्पताललाई एकसय वटा डेंगु परीक्षण किट सहयोगस्वरुप हस्तान्तरण गरिएको थियो । डेंगु परीक्षण किटको अहिले हेटौंडामा अभाव रहेको छ ।