२०८१ बैशाख ८, शनिबार    

पोखराले जित्यो राष्ट्रिय भेट्रान्सको उपाधि

२०७९ पौष २३, शनिबार १७:२३ बजे

हेटौंडामा शनिबार सम्पन्न राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पोखराले जितेको छ ।

हेटांैडामा–५, पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा बानेश्वर भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराको प्रतिनिधित्व गरेको एबीसी टोली विजयी भएको हो । खेलभर पोखरा पूर्णरुपमा हावी भएको थियो । उपाधिसहित पोखराले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पोखराका राजकुमार घिशिङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीमा पनि पोखराकै वर्चश्व रहेको थियो ।

पुस १९ गतेबाट सुरु भएको प्रतियोगितामा १७ वटा टोली सहभागी रहेका थिए ।