२०८१ जेठ ६, आईतबार    

हाम्रो माहौलबाट विपक्षी डराइसके : बानियाँ

२०७९ बैशाख १६, शुक्रबार १८:४५ बजे
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेशकुमार बानियाँले सत्तागठबन्धनको पक्षमा देखिएको माहौलबाट विपक्षी दल आत्तिएको टिप्पणी गरेका छन् ।
 
हेटौंडा–८ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको पक्षमा उपमहानगरभर जनमत देखिएको बताए । ‘अब लालकिल्ला तोडिन्छ । सहि जनप्रतिनिधि हेटौंडाले पाउने छ । अहिलेसम्म गलत जनप्रतिनिध छनौटहुँदा हेटौंडाको विकास भएन ।’, उनले सत्तारुढ गठबन्धन हेटौंडामा विजयी भएसँगै हेटौंडाको हरेक वडाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । ‘यस वडामा रहेको सुकुम्बासी समस्याको समाधान हामी गर्छौ । तपाईंहरुले सामान्य माग रहेछ । एम्बुलेन्स र ल्याब स्थापना । हामी यस विषयको सम्बोधन अवश्य गर्नेछौं ।’, उनले भने । उनले सत्तारुढ गठबन्धनसँग मात्र हेटौंडा विकासका खाका र रहेको बताए ।
 
‘हामीसँग मिसन र भिजन दुवै छ । अरुसँग भएको भए पहिल्यै हेटौंडाको विकास भइसक्थ्यो ।’, उनले थपे ।