२०८१ बैशाख १८, मंगलबार    

युवा संघद्वारा गोलपोष्ट सहयोग

२०८० भाद्र १६, शनिबार १९:२७ बजे

राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिकाले चार महिने अभियानलाई निरन्तरता दिएको छ ।

संघले अभियानअन्तर्गत् शनिबार एफसी भीमफेदीलाई दुईथान गोलपोष्ट सहयोग गरेको छ । संघ गाउँपालिका अध्यक्ष बादल सिलवाल र युवा संघ केन्द्रीय सदस्य प्रकाश लामाले फुटबल खेलाडीको माग अनुसार सहयोग उपलब्ध गराएको बताए ।

खेलाडीका लागि आगामी दिनमा आवश्य सामग्री सहयोग जारी राखिने प्रतिबद्धता समेत लामाले जनाएका छन् ।

गोलपोष्ट हस्तान्तरण कार्यक्रममा भीमफेदी गाउँपालिका–४ अध्यक्ष सागर पाण्डे, युवा संघ वाग्मती प्रदेश सदस्य इन्साफ केसी, नेकपा एमाले भीमफेदी–६ सचिव विनोद रानालगायत सहभागी थिए ।